Sunday, May 19, 2024

आजको मिति: २०८१ जेष्ठ ६ ,आईतवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
Next
Prev

पोखरा महोत्सवको तयारी अन्तीम चरणमा सुरक्षा निकायहरुसँग छलफल

आगामी पुषको २६ देखि माघकोे ८ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने बाह्रौ संस्करणको पोखरा महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । सुरक्षा व्यवस्थापनका लागी आयोजकले सुरक्षा निकायहरुसँग छलफल गरेको छ । यसपटकका महोत्सवमा पनि सुरक्षा ब्यवस्थालाई थप कडा बनाईने भएको छ । महोत्सवमा नेपाल प्रहरी, सशस्त्र, प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसि क्यामेराको माध्यमबाट सुरक्षा प्रदान गरिने भएको हो ।

महोत्सव आयोजक यूनाइटेड क्लब र सुरक्षा निकायहरुबीचको बैठकमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा महोत्सवको सुरक्षामा कुनैपनि कमजोरी हुन नदिने वताए । यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको आफुले जानकारी पाएको वताउदै सामाजिक कामका लागि आयोजना गरिने पोखरा महोत्सवको सुरक्षामा कुनैपनि कमि कमजोरी हुन नदिने वताएका हुन ।
कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले महोत्सव अवधिभर विषेश सुरक्षा योजना बनाएर अघिल्लो संस्करण भन्दा बढी मात्रामा प्रहरी परिचालन गराउने वताए । महोत्सव स्थलमा निगरानीका लागिने सिसि क्यामेरामा नेपाल प्रहरीबाट नै दक्ष प्राविधिकको उपस्थितीमा प्रत्यक्ष निगरानी गर्ने समेत थापाको भनाइ रहेको थियो ।

महोत्सव आयोजकले अघिल्लो संस्करणको महोत्सवहरुको भन्दा यो संस्करणमा अझै सुरक्षामा विशेष महत्वका साथ सुरक्षा प्रदान गर्ने गरी प्रहरी प्रशासन संग सहकार्य गरेर अगाडी वढेमा सुरक्षामा कुनैपनि चुनौति खडा नहुने वताउदै जिल्ला अधिकारी घिमिरेले महोत्सव स्थलहरु वरपर राखिने फुटपाथ ब्यवशायीहरुले सडक दुर्घटनाहरु निम्त्याउन सक्ने वताए । फुटपाथ ब्यवसायीहरुलाई हटाउन महानगर संग सहकार्य गर्न महोत्सव आयोजकलाई आग्रह गर्दैै महानगरले हटाउन नसके प्रशासन लगाएर फुटपाथ ब्यवसाय हटाउन प्रशासनले सहयोग गर्ने समेत बताए ।

महोत्सवको माध्यामबाट सचेतनामुलक सुचनाहरु प्रवाह गर्न समेत उनले आग्रह गर्दै महोत्सवमा प्रविधीको उच्चतम प्रयोग गरी सुरक्षालाई चुस्त दुस्त बनाउन प्रहरी प्रशासन र आयोजक लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भानु शर्माले ट्राफिक ब्यवस्थापनका लागि आयोजक संग सहकार्य गरेर अगाडी वढ्ने वताए । कालिका गण मालेपाटनका गणपति प्रहरी उपरिक्षक धन बहादुर बानियाले महोत्सवको सुरक्षाको लागि सशस्त्र प्रहरीले समेत आवश्यक अनुसार फौज परिचालन गर्ने वताए ।

जेट सेक्युरिटीका प्रवन्ध निर्देशक कृष्ण सुवेदीले प्रशासनबाट उपलब्ध सुरक्षाकर्मी संग सहकार्य गरेर महोत्सवको सुरक्षामा लाग्ने वताए । महोत्सवमा अत्याधुनिक सिसि क्यामेराको माध्यामबाट पूर्ण सुरक्षाको प्रवन्ध मिलाएको जानकारी गराइयो।

महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले महोत्सवको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist