“प्रत्येक नेपाली नागरिकले आफ्नो मुलुकप्रतिको हेरालो स्वयं आफैं गर्नुपर्छ” भन्ने मुल नारा सहित विशुद्ध सामाजिक भावना बोकेर २०५५ सालमा स्थापना भएको हेरालो प्रतिष्ठान कास्की, पोखराको १८ औं वार्षिक साधारणसभा यही पौष २७ गते पोखरा २२ स्थित कालावाङ घरवासमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष झम बहादुर गुरुङको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकीका पुर्व सदस्य सचीव तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङले गर्नुभएको थियोे । हाम्रो घरबाट निस्कने फोहोरलाई वर्गीकरण गरि कम्पोस्ट मल बनाउने, बिक्री हुने फोहोरलाई बिक्री गर्ने र बाँकीलाई मात्र ल्याण्डफिल साइडमा फ्याक्दा उक्त ठाउँको आयु बढाउन सकिन्छ भन्ने सचेतनामा अग्रणी भुमिका खेलेको कुरा स्मरण गर्दै यस्ता कार्यक्रमहरु विद्यालय स्तरबाट सिकाउन जरुरी रहेको कुरामा जोड दिँदै प्रमुख अतिथि गुरुङले शिक्षा, स्वास्थको क्षेत्रमा समेत काम गरेकोमा हेरालोलाई धन्यवाद दिनुभएको थियो ।
निवर्तमान अध्यक्ष रोश बहादुर गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष महेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष निरज थापा, भगवती प्रा. वि. कालावाङका व्यवस्थापन समिति अध्यक्ष प्रकाश गुरुङ समेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सदस्य सचीव भेष बहादुर गुरुङले सचीवको, कोषाध्यक्ष धन राज पुरीले कोषाध्यक्षको, अध्यक्ष झम बहादुर गुरुङले आफ्नो कार्यकालको र विधान संसोधन उपसमितिका सदस्य बाबुराम बरालले संसोधन मस्यौदा प्रस्तुत गर्नुभएको थियोे । उद्घाटन कार्यक्रमको समापन पश्चात् संस्थाको ८ औं अधिवेशन भएको थियो । सो अधिवेशनबाट संस्थाको विधान बमोजिम अध्यक्षमा धन राज पुरी, वरिष्ठ उपाध्यक्षमा बाबुराम बराल तथा सदस्यहरुमा डिवी मल्ल, पुजा शाह, दीपक भट्टराई, उमाकान्त पराजुली, तिलक थापा, याम बहादुर रानाभाट (मुन्ना) सर्वसम्मत निर्वाचित हुनुभएको र बाँकी सदस्यहरु अध्यक्षद्वारा मनोनयन गरि पदाधिकारी चयन हुने कुरा निर्वाचन उपसमिति संयोजक रोश बहादुर गुरुङले जानकारी गराउनु भयो ।