Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

स्टार डाइग्नोष्टिक सेन्टरद्धारा सराङकोट बहुउद्देश्यीय सहकारी सहीत बिभिन्न संघसंस्था सम्मानित

पोखरा महानगरपालिका वडा नं. १० रामघाटमा रहेको स्टार डाइग्नोष्टिक सेन्टरले सराङकोट बहुउद्देश्यीय सहित विभिन्न सहकारी र संघसंस्थालाई सम्मान गरेको छ ।स्टार डाइग्नोष्टिकले सहकारीको माध्यममार्फत समाजमा विविध रचनात्मक कार्यहरु गरेको भन्दै सराङकोट बहुउद्देश्यीय सहकारीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सराङकोट बहुउद्देश्यीय सहकारी, नवसिद्धार्थ महिला सहकारी संस्था, गोल्डेन बचत तथा ऋण सहकारी, रामघाट आमा समूह, तमु समाज,तमु प्लेहु स्याङ्गजा, लोकदोहोरी व्यवसायी संघ, कृष्णटोल विकास संस्था, लायन्स क्लव अफ पोखरा फिस्टेल सिटी, दूरा समाज कास्की र तल्लो गाउँ टोल विकास संस्थालाई सम्मान गरिएको अध्यक्ष अर्जुन ज्ञवालीले बताए ।

पोखरामा भरपर्दो ल्याव सेवा आवश्यक बढ्दै गएकाले विभिन्न क्षत्रका स्वास्थ्य विशेष विशेषज्ञ क्यान्सर रोग परीक्षणका लागि सेन्टर स्थापना भइ सेवा दिँदै आएको सचिव नेत्र ढकालले बताए । सम्मानित संस्थाहरुलाई समाजसेवी नरेश कुमार थापा, वरिष्ठ प्राविधिक महेन्द्र केसी, आकस्मिक रक्तदान समूहका अध्यक्ष हरिश्चन्द्र शर्माले सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष अर्जुन प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा गोल्डेन सहकारीका पूर्व अध्यक्ष वालकृष्ण बराल, कोषाध्यक्ष सुनिता लम्साल, सञ्चालक यशोधरा दूरा लगायतले आआफ्नो भनाइ राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist