Tuesday, April 16, 2024

आजको मिति: २०८१ बैशाख ४ ,मंगलवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
गण्डकीमा टुक्रयाइयो मन्त्रालय
पोखरामा बस दुर्घटना, नौ घाइते
अर्घाखाँचीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु
विमला घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित
इलाम २ का उम्‍मेदवारको अन्तिम नामावली प्रकाशित
Next
Prev

माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न सेती नदीको बाँध खोलियो

पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज सेती नदीको बाँध खोलिएको छ ।
बिहान साढे १० बजेदेखि दीपमा रहेको बाँध खोलेर हराएका व्यक्तिको खोजी कार्य भइरहेको हो । सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की ९मानबहादुर० लामा तामाङ छन् ।
१४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको प्रहरीको भनाइ छ ।
पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा एकजना मृत फेला परेका थिए । मृत फेला पर्नेमा पोखरा १, कसेरी बस्ने ४० वर्षीय गंगा तामाङ छन् ।
सँगै माछा मार्न गएका ५ जनामध्य तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।
यसअघि मंसिर २८ गते पनि मणिपाल शिक्षण अस्पतालमा उपचाररत एकजना युवक सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बाँध खोलिएको थियो । पछि उनी सेती नदीको नदीपुर क्षेत्रमा मृत फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist