Friday, April 19, 2024

आजको मिति: २०८१ बैशाख ७ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
गण्डकी प्रदेश सभाको बैठक आह्वान
पोखरा महानगरका दुई इन्जिनियर पक्राउ
पोखरामा दुई लाखभन्दा बढी बिरुवा रोपिने
साहित्यकार प्रकट पंगेनीको निधन
चैतेदसैँ, बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो
Next
Prev

जसपाबाट अध्यक्ष यादवले उपेन्द्र स्वास्थ्यमन्त्री र नबलकिशोरे साहले वन तथा वातावरण मन्त्रीको शपथग्रहण

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् । यसअघि मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् । आइतबार जसपाबाट अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि भएको हो ।

जसपा अध्यक्ष यादव पनि थपिएपछि उपप्रधानमन्त्रीहरुको संख्या चार पुगेको हो । जसपाबाट नवलकिशोर साह पनि थपिएका छन् । जसअनुसार अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नबलकिशोर साह वन तथा वातावरण मन्त्री बनेका छन् । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरियताले फरक नपर्ने बताएका छन् । उनले स्वास्थ्य उपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । उनले उपचार सेवालाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरे । स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनु आफ्नो पहिलो दायित्व रहेको उनको भनाइ छ ।

दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । यससँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

गण्डकी प्रदेश सभाको बैठक आह्वान

पोखरा महानगरका दुई इन्जिनियर पक्राउ

पोखरामा दुई लाखभन्दा बढी बिरुवा रोपिने

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist