Thursday, April 18, 2024

आजको मिति: २०८१ बैशाख ६ ,बिहीबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
गण्डकी प्रदेश सभाको बैठक आह्वान
पोखरा महानगरका दुई इन्जिनियर पक्राउ
पोखरामा दुई लाखभन्दा बढी बिरुवा रोपिने
साहित्यकार प्रकट पंगेनीको निधन
Next
Prev

तनहुँमा बस दुर्घटना, ६ जना चिनियाँ पर्यटक घाइते

पृथ्वी राजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाइते भएका छन् । पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नं. को पर्यटक बस सडकको दायाँ साइडमा पल्टिँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । खाँडका अनुसार दुर्घटनामा बसमा सवार २६ मध्ये सो सङ्ख्यामा घाइते भएका हुन् ।

घाइते हुनेहरूमा ५० वर्षीय सुन लि, ५७ वर्षीय हुक्सिया लि, ६२ वर्षीय वाङ वि डोङ, ६७ वर्षीय कियो मेङ, ६८ वर्षीय छुचेङ र ७० वर्षीय लियो या छिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते सबैको शुक्ल गण्डकी नगरपालिकाको बेल चौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको र दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रनाउ खाँडले बताए । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी खाँणले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

गण्डकी प्रदेश सभाको बैठक आह्वान

पोखरा महानगरका दुई इन्जिनियर पक्राउ

पोखरामा दुई लाखभन्दा बढी बिरुवा रोपिने

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist