त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् शनिबार भएको हाफ म्याराथनको पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे ।

नेपाल एपीएफ क्लबका गोपिचन्द्र पार्कीले १ घण्टा ७ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हात पारे । तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । आर्मीका नरेन्द्र रावलले १ घण्टा ८ मिनेट ५१ सकेन्डमा पूरा गर्दै चौथो भए । खडक बहादुर खड्काले १ घण्टा ८ मिनेट ५६ सकेन्डमा पूरा गर्दै पाँचौं बने ।

महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै प्रथम बनिन् । नेपाल पुलिसकी राममाया बुढाले १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा पूरा गरिन् । तेस्रो बनेकी एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट २ सेकेन्डमा पूरा गरिन् । त्यस्तै आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा २३ मिनेट २० सेकेन्डमा पूरा गरेर चौथौ भइन् भने एपीएफकी फुलमती रानाले १ घण्टा २५ मिनेट १७ सकेकेन्डमा पूरा गर्दै पाँचौं बनिन् । हाफ म्याराथन महिला र पुरुषतर्फ दुवै विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौंले ३० हजार रुपैयाँ प्राप्त गरे ।

१० किलोमिटर पुरुषतर्फ खुल्ला प्रतिस्पर्धातमा आर्मीले प्रथमदेखि पाँचौं सबै उपाधि जित्यो । मुकेश पाल प्रथम, सञ्जय श्रेष्ठ दोस्रो, गजेन्द्र राई तेस्रो, सुवाष कार्की चौथो र श्रीकाश राई पाँचौं बने । पाँच किलोमिटर खुल्ला महिलातर्फ आर्मीकी सृर्जना पाण्ड्य प्रथम, राजपुरा दोस्रो, निर्मला केसी तेस्रो, आशा रावत चौथो र सुमित्रा कुमारी चौधरी पाँचौं बनिन् ।

स्कुलतर्फ ५ किलोमिटरमा विश्वराम कुँवर प्रथम, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो, कृष्ण परियार चौथो र आशिष कुमार क्षेत्री पाँचौं स्थान हात पारे । ह्विलचियर ३ किलोमिटर पुरुषतर्फ राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो, दीपक आले मगर चौथो र विष्णु पुकार श्रेष्ठ पाँचौं स्थानमा रहे । ह्विलचियरत महिलातर्फ ऐश्वर्य कुमारी कुमाल प्रथम, यामी झाक्री मगर दोस्रो, रजनी राई तेस्रो, पेमा गुरुङ चौथो र वविता थापा पाँचौं स्थानमा रहिन् ।