पर्वतमा एक दम्पतीको हत्या भएको घटना १५ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । पर्वतको जलजला गाउँपालिका–२ स्थित दहमा गत चैत २० गते ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी ६७ वर्षीया श्रीमती गमला घर्ती क्षेत्रीको हत्या भएको अवस्थामा घरमै शव फेला परेको थियो । हत्या भएको १५ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पवर्तका प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । उनले छिट्टै नै हत्यारा पत्ता लाग्ने दाबी गरे । यस घटनाको बारेमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० को टोलीले अनुसन्धान गरिराखेको छ । अनुसन्धानका लागि प्रदेश र जिल्लाबाट समेत टोली खटिएको डिएसपी भुसालले बताए । भुसालका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा लुटपाटका लागि हत्या भएको हुनसक्ने देखिएको छ । घटनाको प्रकृति हेर्दा एकजनाभन्दा धेरै प्रयोग भएको देखिएको उनले बताए ।
प्रारम्भिक रुपमा दम्पतीको हत्या गर्न काठ प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । उक्त दम्पती सोमबार पोखरामा जग्गा किन्न भन्दै सहकारीमा ऋण लिन गएको पाइएको छ । उनीहरुको घरबाट गरगहनासमेत हराएको र घरमा ती दम्पतीमात्रै बस्दै आएका थिए । २ छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्का छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् ।