Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • रोचक जानकारी
TRENDING
  • समाचार
  • रोचक जानकारी
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरामा दुई लाखभन्दा बढी बिरुवा रोपिने

पोखरा महानगरपालिकालाई ‘स्वच्छ सहरः हरित सहर’ का रुपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा।शेषकान्त भण्डारीको संयोजकत्वमा गठन गरिएको कार्यदलले सो कार्य अन्तिम चरणमा पुगेको जनाएको हो । पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न सम्भावित वृक्षरोपण स्थल पहिचान गर्ने, सहरी वन कार्यक्रम प्रवद्र्धन गर्न उपयुक्त वनस्पति प्रजाति पहिचान गर्ने र महानगर क्षेत्रमा वृक्षरोपण सम्भाव्यताको योजना तयार गर्ने उद्देश्यले उपप्राध्यापक डा।भण्डारीसहित उप प्राध्यापक सुमन भट्टराई र उपप्राध्यापक विकास अधिकारी रहनुभएको अध्ययन टोली गठन गरेको थियो ।

कार्यदलले रैथाने, स्थानीय बासिन्दाको रोजाइ, सौन्दर्य बढाउने, सदाबहार, धार्मिक महत्व बोकेका, पोखरा महानगरभित्र राम्रोसँग हुर्किरहेका र हावाहुरीबाट सजिलै नभाँचिनेलगायतका वर्गमा विभाजन गरी प्रजाति छनोट गरेको छ । अध्ययन अनुसार महानगर क्षेत्रको सात सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ किमी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको एक २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवा लगाउन सकिनेछ ।

महानगर क्षेत्रमा पहिचान गरिएको सम्भावित क्षेत्रमा लगाउन सकिने बिरुवामा बर, पीपल, शमी, पैयूँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धूपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बू, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरालगायत छन् । महानगर क्षेत्रको सम्भावित क्षेत्रमा दुई लाख १८ हजार बढी बिरुवा रोप्न सकिने बताइएको छ ।

जस अन्तर्गत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार तीन सय ९९ र सडक, नदी तथा खोला किनारमा एक लाख ४४ हजार छ सय चार वटा बिरुवा रोप्न सकिने सम्भावना रहेको कार्यदलका संयोजक डा. भण्डारीले बताए। कार्यदलले अध्ययनका क्रममा वृक्षरोपण व्यवस्थापन तथा संरक्षण रणनीतिअन्तर्गत बिरुवा रोप्ने खाडलको आकार, बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षरोपण अभियानमा सिर्जनात्मक तरिका तथा प्रोत्साहनजनक कार्य, मल्चिङ, बिरुवाको नामलगायतको विवरण अभिलेखीकरण, ट्रि गार्ड, सरोकारवालाको निर्क्योल, सहरी वनलाई सबल बनाउने उपायको अवलम्बन, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्ति लगायतको व्यवस्था गर्न आवश्यक रहेको जनाएको छ ।

महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षरोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाइ सम्भावित सम्भावनाको पहिचान गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताए। हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छताप्रति स्थानीय सरकारको प्रतिबद्धता भएको बताए ।

विज्ञहरुको कार्यदलले गरेको अध्ययनले पोखरालाई ‘स्वच्छ सहरः हरित सहरको रुपमा विकास गर्न कोसेढुङ्गाका रुपमा काम गर्ने उनले विश्वास व्यक्त गरे । महानगर क्षेत्रमा दुई लाखभन्दा बढी बिरुवा रोप्ने कार्य महत्वाकांक्षी भए पनि आफूहरूले योजनाका साथ काम गर्ने उनको भनाइ छ। सरोकारवालाले भने बिरुवाको छनोट गर्दा आवश्यकता, प्राथमिकता र वातावरणसँग बिरुवाको मिलनका महत्वपूर्ण विषयवस्तुलाई गहनरुपमा विश्लेषण गरिनुपर्ने सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist