Sunday, May 19, 2024

आजको मिति: २०८१ जेष्ठ ६ ,आईतवार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
Next
Prev

खोलामा डुबेर बेपत्ता बालकको शव फेला

पोखरा महानगरपालिका १८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता एक बालकको शव भेटिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले करिब एक घण्टासम्म खोजेर शव निकालेको हो । पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी १४÷१५ वर्षका सोनम सुवेदी आइतबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए । सुवेदी बेपत्ता भएपछि उनीसँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीयमार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए ।

दिउँसो साढे १ मा बालक डुबेको खबर पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले साढे २ बजेतिर शव निकालेको हो । बालकको शव पोष्टमाटमको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको जिल्ला प्रहरी कास्कीका प्रहरी नायव उपरिक्षक बसन्त कुमार थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist