कास्कीमा सामुदायिक वनमा आगो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–३ मराम्चेको मराम्चे सामुदायिक वनमा आगो लगाउने स्थानीय ३९ वर्षका अगन्दर पौडेल पक्राउ परेका हुन् । शुक्रबार वनमा आगो लागेको सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय बगरको टोली घटनास्थलमा खटिएको थियो । नियन्त्रणमा लिनै नसक्ने अवस्थामा आगो लगाएका व्यक्तिको खोजतलास गर्दा पौैडेलले आगो लगाएको खुलेको हो ।

उनले वन नजिकै रहेको खरबारीमा आगो लगाउँदा अनियन्त्रित भएर फैलिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । पक्राउ परेका पौडेललाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ ।