Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • रोचक जानकारी
TRENDING
  • रोचक जानकारी
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पाल्पामा ‘महिनावारी मेला

महिनावारीप्रतिको गलत धारणा हटाउन पाल्पाको तानसेनमा महिनावारी मेला सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीले महिनावारीप्रतिको अनभिज्ञतालाई हटाउने उद्देश्यले मेला राखेको आयोजक क्लबका अध्यक्ष राजेश कोइरालाले बताए ।
महिनावारीबारे धेरैजसो अहिले पनि खुलेर कुरा नगर्ने र प्राकृतिक प्रक्रियाबारे ग्रामीण क्षेत्रमा नकारात्मक सोच र भ्रमसमेत रहेकाले मेलामा यस विषयमा जानकारी दिइएको हो । रजस्वलासम्बन्धी गलत धारणा र अन्धविश्वास चिर्न मेला सहयोगी बनेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बताए । मेलामा प्रजनन स्वास्थ्य, सरसफाइ र महिनावारीमा आवश्यक खानपिनको विषयमा विस्तृत जानकारी दिइएको थियो । पुनः प्रयोग गर्न मिल्ने प्याडबारे स्थानीयलाई सचेत गराइएको आयोजक क्लबकी पब्लिक रिलेसन अफिसर स्नेहा बस्नेतले बताइन् । मेलामा राखिएका स्टलमा प्याडको प्रयोग र फाइदा, महिनावारीमा पोषणयुक्त खानेकुराका विषयमा जानकारी गराइएको थियो ।
तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले मेला महिनावारीप्रतिको गलत धारणा हटाउन सहयोगी बनेको बताए । आगामी वर्षको बजेटमा यस्ता सचेतनामूलक कार्यक्रमका लागि बजेटले सम्बोधन गर्ने बताउँदै गाउँगाउँमा यस्तो कार्यक्रमको अझ बढी महत्त्व हुने उनले बताए । नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले परिवार नियोजन संघले विगतदेखि नै यस्ता विषयमा जानकारी गराउने गरेको र महिनावारी सम्बन्धी कुप्रचलन हटाउन चेतना जगाउन मेला प्रभावकारी भएको बताए । महिनावारीप्रति भएका भ्रम चिर्न मेला सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरेले बताए ।

महिनावारी मेलामा विद्यार्थी, युवक–युवती र आमा समूहबाट गरी ५ सय बढीको सहभागिता थियो । सहभागीलाई महिनावारीका बारेमा चेतना जगाइने खालका नाटक, नृत्य पनि देखाइएको आयोजक क्लबकी सचिव सुदेसा रिमालले बताइन् । मेलामा राखिएका स्टलहरूमा त्यससँग सम्बन्धित विषयमा जानकारी दिइएको द रोटरी फाउन्डेसनकी अध्यक्ष सजना नेपालले बताइन् । महिनावारीका विषयमा थप जानकारीमूलक बनाउने रोमाञ्चक खेलहरू पनि खेलाइएकाले किशोर किशोरीको आकर्षण थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist