Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • शिक्षा/स्वास्थ्य
TRENDING
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकाले ल्याए आफ्नै स्थानीय पाठ्यक्रम

सिन्धुपाल्चोक जिल्लाका तीन नगर र नौ गाउँपालिकामध्ये त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाभरका विद्यालयमा सञ्चालनमा ल्याएका छन् ।
जनप्रतिनिधि, शिक्षा अधिकारी, विज्ञ, शिक्षकसहितको पाठ्यक्रम निर्धारण समितिद्वारा बनाइएको पाठ्यपुस्तक दुई स्थानीय तहभर कक्षा १ देखि ८ मा पढाउन सुरु गरिएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका शिक्षा अधिकृत शालिग्राम घिमिरेका अनुसार स्थानीय पहिरन, भौगोलिक, सामाजिक, आर्थिक र सांस्कृतिक सम्पदाको विषय समेटेर त्रिपुरासुन्दरीको स्थानीय पाठ्यक्रम तयार पारिएको छ ।
कक्षा १ देखि ८ सम्म लागू हुने गरी एक कक्षामा एक विषय स्थानीय पाठ्यक्रम समावेश गरिएको छ । विद्यार्थीले पालिकाको भूगोल, सामाजिक अवस्था, पर्यटकीय स्थलको सामान्य ज्ञान राखून् भनेर आफ्नै पाठ्यक्रम तयार गरिएको र त्रिपुरासुन्दरी गाउँपालिकाको ३० वटा विद्यालयभर लागू गरेर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका सम्भावना, स्रोत तथा भूगोलबारे पाठ्यपुस्तक तयार गर्ने संवैधानिक र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुरुप व्यवस्था छ । विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, रितिरिवाजका विषयमा थाहै नभई उच्च शिक्षा अध्यापनमा पुग्ने र स्थानीय संस्कृतिबारे बेखबर हुने जोखिम टर्ने त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले बताए ।
पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धि, विषय क्षेत्रगत कार्यसमय, विषयवस्तुको विस्तृतीकरण सहज सिकाइका प्रक्रिया, विद्यार्थी मूल्यांकनजस्ता विषयवस्तु छन् । त्यसैगरी सुनकोसी गाउँपालिकाले धार्मिक, सांस्कृतिक सम्पदा, प्राकृतिक स्रोत, कृषिदेखि आधुनिक संरचना समेटेर बनाइएको ‘हाम्रो सुनकोसी’ नामक पाठ्यक्रम शैक्षिक सत्र ८०÷८१ देखि लागू हुने सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सनाले बताए । ‘गाउँपालिकाले बाघभैरव माविका प्रध्यानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो, कार्यदलले दुई महिना खटेर विज्ञ ,सम्बन्धित स्थानीय स्रोतसँग सुझाव लिएर स्थानीय पाठ्यक्रम तयार गरेको छ,’ तिमिल्सनाले भने । स्थानीय पाठ्यक्रममा गाउँपालिकाको परिचय, संस्कृति संस्कार, प्राकृतिक सम्पदा, मानव निर्मित संरचना, उद्योगजस्ता सम्पूर्ण नौ विषयवस्तु समावेश गरिएको उनले बताएका छन् । यसअघि पाँचपोखरी थाङपाल गाउँपालिकाले ८ लाख रुपैयाँ खर्चेर बनाएको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक गाउँपालिकाभरका २६ सामुदायिक विधालयमा अनिवार्य गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist