Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • निति नियम
TRENDING
  • समाचार
  • निति नियम
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड

पोखरा महानगरपालिकाले आगामी आव ०८०÷८१ को बजेट सार्वजनिक गरेको छ । बिहिबार १३ औं नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी छन् ।
चालु आर्थिक वर्षमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट विनियोजन भएको थियो । महानगरले पूर्वाधारतर्फ दुई अर्ब, पर्यटन सहरी विकास तथा वातावरणतर्फ ७० करोड, आर्थिक विकासतर्फ १० करोड, सामाजिक विकासमा ६ करोड ५० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख, विभिन्न कोषहरूमा  १४ करोड, सङ्घीय ससर्त अनुदानतर्फ दुई अर्ब २३ करोड ६२ लाख, प्रदेश ससर्त अनुदानतर्फ ८० लाख र सहरी विकास आयोजनामा आठ करोड ४० लाख ९१ हजार विनियोजन गरेको छ ।
स्रोततर्फ सङ्घीय सरकार अनुदानबाट दुई अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट दुई अर्ब २७ करोड ८७ लाख खर्च ब्यहोरिने उपप्रमुख गुरुङले बताइन । सङ्घीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट आठ करोड २५ लाख, स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब एक करोड ७५ लाख स्रोत व्यवस्थापन गरिने भएको छ ।
यस्तै, सङ्घीय सरकार सहरी विकास आयोजनाबाट आठ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । न्यून हुन जाने ४५ करोड ६८ लाख ६५ हजार चालु आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट ब्यहोरिने महानगरले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist