Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

गाईभैँसीमा लम्पी स्किनको महामारी

गाईभैँसीमा देखिएको लम्पी स्किन रोगको महामारी अहिले तीव्र रूपमा फैलिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । पशु सेवा विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत एक महिनाकै अवधिमा सङ्क्रमित हुने गाईभैँसीको सङ्ख्या व्यापक रूपमा बढेको पाइएको छ ।
वैशाखको अन्तिम सातातिर सङ्क्रमित गाईभैँसीको सङ्ख्या १५ हजार भएको विभागले जनाएको छ । पहिला यस रोगबाट ३५ जिल्लामा फैलिएको पुष्टि भएकोमा अहिले ७१ वटा जिल्लामा फैलिसकेको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पोखराका कार्यालय प्रमुख डा. मनबहादुर पुनले अहिले गण्डकी प्रदेशको ११ वटै जिल्ला प्रभावित भएको विवरण प्राप्त भएको जानकारी दिए । डा. पुनका अनुसार लम्पी स्किन रोगका कारण गाईभैँसी मर्नु भनेको यसको ठूलै असर देखिनु हो ।  नेपालमा लम्पी स्किनका कारण १ खर्बको नोक्सान हुने अनुमान गरिएको छ डा.पुनले भने । राज्यले नै यसलाई गम्भीर रूपमै लिनुपर्छ । यो त ठूलो चिन्ताको विषय हो,” डा.पुनले भने ।
लम्पी स्किन रोगका कारण गाईभैँसीको दूध उत्पादनमा पार्ने असर चिन्ताजनक भएको पशु डा. पुनले बाताए । रोगप्रतिरोधी क्षमता कम भएका गाईभैँसी यसबाट मर्ने भए पनि ’प्रोडक्शन लस’ चाहिँ सबैमा हुन्छ । उदाहरणका लागि, १० लिटर दूध दिनेको दुई लिटरमा झर्ने डा. पुनको भनाइ छ  त्यस्तै, रोग लागेपछि उत्पादित वस्तु मानवले उपभोग गर्दा कुनै किसिमको प्रभाव नपर्ने डा. पुनको भनाई छ । यसको व्यवस्थापनको लागि आगामि आर्थिक वर्ष व्यापक रुपमा लैजाने निर्देशनालयले बताएको छ । साथै यसको लागि उपयुक्त बजेट र जनशक्तिको आवश्यकता रहेको जनाएको छ ।
निर्देशनालयको अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो । केही समयसम्म त्यो सब–सहारन अफ्रिकामा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो । राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो ।
यो रोग आर्थिक वर्ष २०७७÷०७८ मा नेपालका आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो भने २०७८÷०७९ मा नौ जिल्लाका १९ पालिकामा फैलिएको पाइयो । त्यसपछि २०७९÷०८० मा खासै नदेखिए पनि अहिले आएर सातवटै प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको विभागले जनाएको छ । शुरूतिर तराई र मध्य पहाडका जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएकोमा अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पुगिसकेको छ ।
सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ । सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ । यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । त्यस्तै सङ्क्रमित गाईभैँसीको मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ । यसले मुख्यतया बाछाबाछी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैंसीलाई असर गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist