Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पठन सस्कृति सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न

पठन संस्कृतिको विकास गर्नेबारे पोखरामा छलफल सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा नेपाल करिअर टे«निङ्ग फाउण्डेशनका कार्यकारी प्रमुख तथा पठन सस्कृति बिकासका अभियान्ता बद्री दाहालले सहजिकरण गर्नु भएको थियो ।

पोखराका निजी तथा सामुदायिक विद्यालय, प्रबुद्ध बर्ग र विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रमका शहभागीहरुले विद्यार्थीहरूले पठन संस्कृतिको विकास गर्न आवश्यक पुस्तकहरू समेत बजारमा सहज उपलब्ध नभएको गुनासो गरेका छन् । शिक्षाको विकास गर्न अभिभावकहरू नै पठन संस्कृतितर्फ लाग्न आवश्यक रहेको कतिपयको ठहर थियो ।
विद्यार्थीहरूलाई आफ्ना शैक्षिक सामाग्री मात्र अध्ययन गर्न लगाउने नभई हेर्ने किताब, सुन्ने किताब र देख्ने किताब पनि बालबालिकाहरूलाई आवश्यक रहेको पोखरा ८ सिमलचौरमा रहेको जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी प्रसाद बस्ताकोटी बताउनुहुन्छ ।

कार्यक्रममा सामुदायिक विद्यालयहरूमा पुस्तकालय व्यवस्थापन सहज नहुँदा शिक्षक र विद्यार्थी दुवैको पठन संस्कृति कमजोर हुँदै गएको रुपा गाउँपालिका, शान्ती माविका प्रअ रुपिन्द्र प्रभावी जोशीको भनाइ छ । ‘नीतिगत रूपमै विद्यालयहरूमा पुस्तकालय सञ्चालन र व्यवस्थापन गर्न नसके बिस्तारै पठन संस्कृति हराउँदै जान्छ ।’ बजारमा पनि बालबालिकाहरूका लागि उपयोगी पुस्तकहरूको अभाव रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पोखरा फूलबारी मन्टेश्वरीकी सञ्चालिका अरुणा शेरचनले घरमा बच्चाहरूले पढ्ने किताब अभिभावकहरूले नै पढ्न सुरु गर्ने बानीको विकास गर्न आवश्यक रहेको बताउनुभयो । वडा टोलमा चल्ने खोप अभियान जस्तै पुस्तक पढ्ने अभियान सञ्चालन गर्नुपर्ने समय आएको उहाँले बताउनुभयो ।

केही अध्ययनहरूले कक्षा ६ देखि ८ सम्मका ६७ प्रतिशत विद्यार्थीहरूले आफ्नो नाम नेपाली र अङ्ग्रेजीमा शुद्ध लेख्न समेत नसक्ने देखाएकोप्रति सहभागीहरूले चिन्ता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist