आन्तरिक विवाद चुलिएपछि पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो । नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरू दुई तिर फर्किएका छन् । एकाथरीले खुला बुकिङ सिस्टम ठिक मानेका छन् भने अर्को थरीले गलत भनेका छन् । यही विवादबिच केही पाइलटहरूले पनि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्याराग्लाइडिङ नउडाउने निर्णयमा पुगेका छन् ।
नाले संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्न र आफैँ बुकिङ गर्न खुला गरिदिएको छ । यसअघि संस्थागत रूपमा ग्राहकले नाम टिपाउनुपर्थ्यो, उनीहरूलाई संस्थाले नै कम्पनी भाग लगाएर पठाउँथ्यो । यसबापत ग्राहकले १२ हजार तिर्थे, जुन निकै महँगो शुल्क हो । प्याराग्लाइडिङमा सिन्डिकेट रहेको आरोप पनि थियो । त्यसबाट हट्न खुला बुकिङ नै ठिक हुने व्यवसायी शोभित बानियाँले बताए । ‘अन्ततिर पनि प्याराग्लाइडिङ खुलेको छ । यति महँगो शुल्क तिरेर को आउँछ, उड्न,’ उनले भने, ‘हामीले आफ्ना ग्राहकको दर्ता आफैँ गरेर आफैँ उडाउन पाउने हो भने केही शुल्क पनि घट्छ । पर्यटन क्षेत्रलाई पनि राहत हुन्छ ।’
यसरी बिबादमा आइ ब्यावसाय नै बन्द गर्नु समाधान नभएको हुदा सरोकारवाला सग समन्वय गरी ब्यावसायी र ग्राहकलाई सहज हुने र नेतृत्व गर्ने संस्था पनि असर नपर्ने गरी ब्यावसाय सुचारु गर्नु नै सबैको लागी हितकर हुन्छ ।