अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) को आयोजनामा पोखरा सडक महोत्सवको २५ औँ संस्करण शुरु भएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुद्घाटन गर्दै एक महिना भित्र पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषण गर्ने दाबी गरे ।
लेकसाइडको फेवाताल किनारमा ३ किलोमिटर क्षेत्रफलमा महोत्सव उद्घाटनअघि नेपालका मुख्यमुख्य जातजाति तथा संस्कृतिको झाँकीसहितको र्यालीमा हिन्दुसहित इसाई, मुस्लिम, बौद्ध धर्मालम्बीहरुले पनि आआफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । महोत्सवमा आयोजकको लक्ष्य छ । महोत्सव पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका छन् ।निकालिएको थियो । डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म चल्ने यो महोत्सवमा करिब ५ लाख पर्यटक सहभागी हुने लक्ष सहीत विभिन्न सांस्कृतिक साङ्गीतिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू संचालन हुने छन ।

‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजित २५ औं सडक महोत्सव अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका यस क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको रेवान पोखरा अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । जसमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति संस्कृतिविज्ञ जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्त, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कार्टुनिष्ट दुर्गा बराल बात्स्यायन, बिम्ब कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, कलाकार अमृत गुरुङ, शिक्षासेवी जर्ज जोन, प्राडा कुशुमाकर न्यौपाने, भूगोलविद् प्राडा कृष्ण केसी, प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली, पर्यटनविद् झलक थापा, पत्रकार कृष्णमणि बराल सम्मानित भए ।
रेवान पोखराका संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङले युरोपका विभिन्न गल्लीमा यस्तैखालका मेला र महोत्सव हुने गरेकोमा पोखरामा सडक महोत्सवको अवधारणा अगाडि बढाएको स्मरण गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गुणस्तरीय पर्यटक भित्राउन जोड दिए । रेवान केन्द्रका का.वा. अध्यक्ष संघर्ष बिस्टले साहसिक खेलकुदको गन्तव्य पोखरामा प्याराग्लाइडिङ बन्द हुनेले थप समस्या भएको चिन्ता व्यक्त गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व जगमान गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्य लगायतले बोलेका थिए ।

महोत्सव फिस्टेल गेटदेखि खहरेसम्मको ३ किलोमिटर पूरै सडकमा चल्ने र महोत्सव अवधिमा सडकमा मोटरसाइकल, कार, बस लगायत कुनै पनि सवारी साधन गुड्दैनन् । रेस्टुरेन्टका किचन र कुर्ची टेबल सडक पेटीमा ओर्लन्छन् । पहारिलो घाममा सडकमै खानपिन चल्छ ।
महोत्सवमा राष्ट्रिय स्तरमा चर्चित गायकहरू दीपक बज्राचार्य, र्यापर लाहुरे, र्यापर राजन केसी शिला आले, समीक्षा अधिकारी, बद्री पङ्गेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एन्ड रिभाइभल, मोक्ष ब्यान्ड आदि चर्चित गायक गायिका एवम् ब्यान्डहरूले आफ्नो प्रस्तुति दिनेछन्। सांगीतिक कार्यक्रम पनि सडकका छेउछाउ वा बीचबीचका चौतारीहरुमा हुन्छन् ।
महोत्सवमा रेवानले एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टसँग व्यवस्थापकीय सहकार्य र ुनोस्टाल्जिक(थ्रीुसँग फुड कोर्ट पार्टनरका रूपमा सहकार्य गरिरहेको छ।
पछिल्लो समय घुमफिर संस्कृतिमा रमाउन थालेका स्वदेशीलाई पनि पोखरा आउने बहाना यो समय बन्न थालेको छ । बर्सेनि गरिने सडक महोत्सवले छुट्टै ब्रान्ड बनाएको बताउँछन् पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ । भन्छन्, ‘निजी क्षेत्रले थालेको महोत्सवले आर्थिक गतिविधि बढाउन सघाएको छ । स्थानीय उत्पादनहरुको बजारीकरण भएका छन् । कला, संस्कृतिको जगेर्ना भएको छ ।अचेल लाखौं संख्यामा पर्यटक आउने दाबी गरिएको पर्वको सुरुआतको कथा रोचक छ । रेबान पोखराका संस्थापक उपाध्यक्षसमेत रहेका पुराना पर्यटनकर्मी गणेशबहादुर भट्टराई अंग्रेजी नयाँ वर्षकै बेला उनताका पोखरामा भएका पर्यटकका पाइला पनि अन्तै मोडिने गरेको सम्झन्छन् । उनकै भनाइमा युरोपेली पर्यटक नयाँ वर्ष र क्रिसमस मनाउन कि थाइल्यान्डतिर जान्थे कि भारतको गोवातिर । व्यवसायी कम थिए । कहिले नेपालकै डाँडाकाँडा चहार्थे, कहिले विदेशतिर घुम्थे । ९० को दशकको मध्येपछिको एक वर्ष उनी भारतको गोवामा थिए । जहाँ उनले फुड एन्ड म्युजिक फेस्टिभल देखे । पोखरामा पनि केही गर्न पाए हुन्थ्यो भन्ने सोचिहाले । राजा वीरेन्द्र पोखरा आउँदा डिसेम्बरताका पर्यटकहरु नदेख्दा केही गतिविधि गर्नोस् भनेर भट्टराईलाई सुझाएका पनि थिए ।

विदेशी पर्यटकमात्रै होइन, धेरै नेपालीलाई पोखरामा अंग्रेजी नयाँ वर्षमा रमाइलो हुन्छ भन्ने परिसकेको हुदा यस महोत्सवले अर्थतन्त्रलाई चलायमा बनाउने पर्यटन ब्यावसायीहरुले अपेक्षा लिएका छन ।
