Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

प्रदूषर्णले पोखराको जनजीवन प्रभावित

बाक्लो तुवाँलो लागेपछि पोखरासहित देशैभरको मौसम बिग्रिएको छ । धुवा धुलो र धुम्मिएको मौसमले पोखराको जनजिवन प्रभावित भएको छ । पृथ्वी राजमार्ग स्तरोन्नति जारी रहँदा हवाई सेवासमेत अनियमित बनेपछि यात्रु प्रभावित भएका छन् । तुवाँलो लाग्न सुरु भएदेखि नै पोखरा अन्तराष्ट्रिय एअरपोर्टमा हवाई सेवा प्रभावित हुँदै आएको छ । शुक्रबार पोखराबाट दैनिक ३३ उडान हुनेमा तीन उडान मात्र भएका थिए । शनिबार विमानस्थलबाट उडान नै भएनन् । भिजिबिलिटी कम भएकाले उडान हुन नसकेको विमानस्थलले जनाएको छ । विमानस्थलका एटिसी प्रमुख योगेन्द्र कुँवरले एक साताभन्दा बढी समयदेखि हवाई सेवा अनियमित भएको बताउनुभयो । आइतबार १ बजेदेखि भने उडान भइरहेको उहाँले जानकारी दिनुभयो ।

पोखरामा प्रदूषणका कारण आँखा पोल्ने बिरामीको सङ्ख्या बढ्दो छ । शनिबार वायु प्रदूषण इन्डेक्स २०८ एक्वुआईसम्म पुगेकोमा आइतबार १७२ सम्म झरेको छ । एक्युआई १५० सम्म संवेदनशील र दुई सयमाथि अस्वस्थकर मानिन्छ ।

अहिले पोखरा–१७ मा रहेको हिमालयन आँखा अस्पतालमा आँखाको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या बढेको छ । नेत्र चिकित्सक इन्द्रमान महर्जनले एक हप्तादेखि आँखाको एलर्जी र आँखा पोल्ने समस्या लिएर धेरै बिरामी आइरहेको जानकारी दिए ।

बाक्लो तुवाँलोका कारण एक किलोमिटर टाढा नै देख्न कठिन छ । फेवातालमा हिमालको छाया हेर्ने पर्यटक तुवाँलोका कारण निराश छन् । पर्यटकहरु मौसमका कारण आफ्नो भ्रमण निराशाजनक भएको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist