Friday, April 19, 2024

आजको मिति: २०८१ बैशाख ७ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
गण्डकी प्रदेश सभाको बैठक आह्वान
पोखरा महानगरका दुई इन्जिनियर पक्राउ
पोखरामा दुई लाखभन्दा बढी बिरुवा रोपिने
साहित्यकार प्रकट पंगेनीको निधन
Next
Prev

मुस्ताङको, वारागुङ मुक्तिक्षेत्र गाँउपालिका बालबिकास सहजकर्ताहरुको मन्टेसरी शिक्षक तालिम सम्पन्न

पोखरा, १५ माघ । फूलबारी फाउण्डेसन नेपाल पोखराको समन्वय सहयोग र वारागुङ मुक्तिक्षेत्र गाँउपालिका मुस्ताङको आयोजनामा बालबिकास सहजकर्ताहरुको २ हप्ते मन्टेसरी शिक्षक तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित फूलबारी मन्टेसरी ट्रेनिङ इन्स्टिच्यूटमा मिति २०८० माघ २ गते देखि १५ गतेसम्म गाँउपालिका अन्तर्गतका १२ वटा इसिडि केन्द्रहरुमा कार्यरत १४ जना बालबिकास सहजकर्ताहरुलाई मन्टेसरी बिधिमा आधारित बालबिकास तालिम प्रदान गरिएको थियो । तालिम अबधिमा गाँउपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङ र उपाध्यक्ष ढिकि गुरुङले निरिक्षण भ्रमण गर्नुभएको थियो । अध्यक्ष गुरुङले तालिममा सिकेका कुराहरुलाई कक्षा कोठामा लागु गर्न निर्देशन दिनु भयो र गाँउपालिकाकाले इसिडि केन्द्रहरुलाई सक्दो सहयोग गर्ने बाचा पनि गर्नुभयो । साथै यस किसिमको तालिम प्रदान गर्न सहयोग गर्नु भएकोमा फूलबारी फाउण्डेसन नेपालका अध्यक्ष एवं फूलबारी मन्टेसरी कटेजका प्रिन्सिपल अरुना शेरचन प्रति आभार प्रकट गर्दै धन्यबाद दिनु भयो ।
तालिमको अन्तिम दिन समापन सेसनमा फूलबारी फाउण्डेसन नेपालका अध्यक्ष अरुना शरेचनले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुराहरुलाई कक्षा कोठामा लागुगर्न आग्रह गर्नु भयो । प्रशिक्षार्थीहरुको तर्फबाट सहजकर्ता डोल्मा बिकले यस्तो खालको प्रभावकारी तालिम लिन पाएकोमा खुशी ब्यक्त गर्दै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, फूलबारी फाउण्डेसन नेपाल र सम्पूर्ण प्रशिक्षकहरुलाई धन्यबाद दिनुका सथै आफूहरुले सिकेका कुराहरुलाई लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । फाउण्डेसनका बोर्ड सदस्य एवं न्यू ग्यालेक्सी बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल राजेश भण्डारी र पाइला नेपालका प्रजु गुरुङले पनि तालिम सम्बन्धि आफ्नो अनुभवबारे बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist