गोरखा आरुघाट गाउँपालिका–५ आरुआर्वाङस्थित पाखुरेमा रहेको मण्डली आधारभूत विद्यालय विद्यालयको तह घटाउने प्रक्रियाको विवादले ११ दिनदेखि पठनपाठन बन्द भएको छ ।
गाउँपालिकाबाट विद्यालयको ४ र ५ को तह घटाउने गाउँपलिकाको निर्णयको विरोधमा भदौ २ गते प्राप्त भएपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर गुरुङले बताए । विद्यालयको तह घटाउँदै दुई वटा दरबन्दी कटौती गरेपछि असन्तुष्ट अभिभावकले विद्यालय बन्द गराएका हुन् । जटिल भूगोल रहेकाले विद्यालय यथावत साविककै अवस्थामा राख्न अभिभावकले माग राख्दै आएका छन् ।
विद्यालय संख्या कम भएको तथा भवनको अवस्था नाजुक बनेको भन्दै शिक्षा समितिले तह घटाउने सिफारिस गरेको गाउँपालिकाका कर्मचारी यज्ञप्रसाद कँडेलको भनाइ छ । विवाद समाधानका लागि विद्यालयमै पुगेर छलफलको तयारी भइरहेको उनले बताए । अभिभावकहरुले भने साविककै ५ कक्षासम्म कायम हुनुपर्ने र दरबन्दी कटौती गर्न नहुने अडान राखेका छन् ।