Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

चैतेदसैँ, बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो

चैते दशैँको अवसरमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहानै चार बजेदेखिनै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैते दसैँलाई भव्य रुपमा बनाउने गरिन्छ । हरेक वर्ष चैते दसैँका बेला एकै दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्ने गर्छन् । तिर्थालुको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । चैतको नवरात्रमा बागलुङ कालिकाको पूजा गर्दा र बलि दिइँदा मनोकांक्षा पूरा हुने जनविश्वास छ । धौलागिरी क्षेत्रकै ठूलो शक्तिपीठका रुपमा रहेका हुँदा मन्दिरमा चैते दसैँ बेला हजारौँ भक्तजन आउने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । नवरात्र सुरु भएदेखिनै दैनिक हजारौँ भक्तजन आएको उनको भनाइ छ । यो अवसरमा करिब पाँच लाख धार्मिक पर्यटक बागलुङ भित्रिने अपेक्षा गरेको अध्यक्ष खड्काले बताए ।

मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि सुरु भएको थियो । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुने उनले जानकारी दिए । चैते दसैँका अवसरमा खुला राष्ट्रिय लोकदोहरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल लगायतका प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist