Thursday, March 5, 2026

आजको मिति: २०८२ फाल्गुन २१ ,बिहीबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
पोखरामा स्कुटर दुर्घटना, एक युवतीको मृत्यु
कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता
विन्ध्येश्वरीमा एकल गीत प्रतियोगिता सम्पन्न
कुमुदिनीमा जेनेरेटिभ एआई शिक्षण कार्यशाला आयोजना
Next
Prev

कुमुदिनीमा बेलायतबाट आएका प्रशिक्षकले दिए पिकल बल खेलको प्रशिक्षण

पोखरा, फागुन ।
पोखराको गैह्रापाटनमा रहेको प्रतिष्ष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बुधबार बेलायतबाट आएको एक टोलीले अवलोकन भ्रमण तथा पिकल बल खेलको प्रशिक्षण दिएका छन् ।
लामो समयदेखि बेलायतका बस्दै आएका नविन गुरुङको नेतृत्वमा आएको ३१ जनाको क्याम्ब्रिज पिकल बल क्लवका तीन जनाले विद्यार्थीलाई प्रशिण दिएका हुन् । खेलकुद शिक्षक आशिष गुरुङसहित विद्यार्थीहरुलाई क्याम्ब्रिज पिकल बल क्लवका कारेन डुगन, क्लेयर मोक्नाईट र स्टेफ ग्रेसले प्रशिक्षण दिएका शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए । पिकल बल खेल ब्याडमिन्टनको जस्तै कोर्टमा खेलिने खेल हो । तर यसको नेटको हाईट खेलाडीको कम्मरभन्दा तल नै हुन्छ । सेन्टरमा किचन भाग हुन्छ । जहाँ टेबलटेनिस ब्याट जस्तै देखिने ब्याटले खेल्ने गरिन्छ । किचेन दुबैपट्टि कोरिया रेखा नकाटेर बल विपक्षीको कोर्टमा फर्काइन्छ ।

प्रशिक्षण अघि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बेलायती टोलीलाई स्वागत गर्दै हरियाली वातावरण र सम्पदायुक्त विद्यालयको भौतिक संरचनाको बारे जानकारी दिएका थिए ।
सो अवसरमा टोलीले विख्यात कलाकारहरुको कलाकृतिले भरिएको जेके आर्ट म्युजियम, नेपाली जनजीवन, सभ्यतासँग जोडिएका परम्परागत लु्गाफाटा, भाँडाबर्तन् र पुराना चिजवस्तुहरुको विद्यालयमा रहेको सामाजिक संग्रहालयको रुचिपूर्वक अवलोकन गरेका थिए ।नयाँ नयाँ केही गरौं लागिरहन्छ त्यो शिक्षण सिकाई वा खेलकुद वा अरु कुनै । यो समयमा हामीले यो खेललाई विद्यालयमा भित्र्याउन पाउँदा निकै खुसी लागेको विद्यालयका अध्यक्ष पालिखेले बताए । उनले भने, पढाइमा पनि उच्च लक्ष्य छँदैछ र स्वस्थताका लागि खेलकुद पनि अति आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist